images
images
  • प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो छलफल ?

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच समाजवादी मोर्चा निर्माणबारे छलफल भएको छ।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच समाजवादी मोर्चा घोषणा हुन लागेको सन्दर्भमा भट्टराई(प्रचण्ड भेटवार्ता भएको हो ।

    शुक्रबार बिहान भएको प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण, संघीय बजेट, टिआरसीलगायतका शान्तिप्रक्रियाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चालगायतका विषयमा छलफल भएको भट्टराईले जानकारी दिए।

    ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतका शान्तिप्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी भयो,’ भेटपछि डा। भट्टराईले एक ट्वीट सन्देशमा लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images