images
images
  • महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित

    काठमाडौं- महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन् ।

    महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो ।

    प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि मन्त्रालयमा पत्र पठाएको थियो ।

    नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरमा प्रमुखका रुपमा कार्यरत रहँदा उनले गत १९ जेठमा महिला हवल्दारलाई आफ्नो निवासमा बोलाएर दुव्र्यवहार गरेका थिए । महिला हवल्दारको उजुरीको आधारमा छानबिन गर्दा आरोपमा सत्यता देखिएको हो । उनलाई सोही दिन नै जिम्मेवारीबाट हटाइएको थियो ।

    बिदामा जान लागेकी हवल्दारलाई बोलाएर गुड फ्राइडे मनाउँदै भन्दै आफुसँगै बस्न भनेका थिए । अन्य महिला प्रहरीले पनि उनीविरुद्ध गुनासो गरेका छन्।

    एसएसपी पाल यसअघि पनि यस्ता गतिविधिमा कारबाहीमा पर्दै आएका अधिकृत हुन् । गुप्तचरबाट पावरका भरमा प्रहरीमा स्थानान्तरण भएका पाल सधैं विवादमा पर्दै आएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images