images
images
  • चेतन ऐडीको हत्याका मुख्य आरोपित ६ महिनापछि धनगढीबाट पक्राउ

    धनगढी- गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको मतदानका क्रममा हत्या गरिएका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष चेतन सिंह ऐडीको हत्यामा संलग्न एक जनालाई आज (बिहीबार) धनगढीबाट पक्राउ गरिएको छ ।

    उक्त घटनाका मुख्य आरोपीत रन सिंह ऐडीलाई धनगढी बस पार्क पछाडिको एक घरबाट अनेरास्ववियु र राष्ट्रिय युवा संघ कैलालीका युवाहरूले पक्राउ गरेका हुन् । प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी प्रहरीलाई नै बुझाइएका छन् ।

    चेतनको हत्या भएको करिव ६ महिनापछि आरोपीत रनसिंह पक्राउ परेका हुन्। उनी नेपाली काँगे्रसका स्थानीय नेता हुन्। घटनापछि फरार उनी लामो समयदेखि धनगढीमा लुकेर बसेको थाहा पाएपछि युवाहरूले पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् ।

    गत मंसिर ४ गतेको प्रतिनिधिसभाको मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद हुदा प्रहरीको गोली लागेर नेपाली कांग्रेसका स्थानीय नेता २५ वर्षीय सुरेन्द्र अयडीको पनि मृत्यु भएको थियो। सोहि घटनालाई लिएर त्रिवेणी नगरपालिका–७ मा अनेरास्ववियुका नेता ३२ वर्षीय चेतन ऐडीको घरमा आक्रमण गरी कांग्रेसका कार्यकताको कुटपिटबाट मृत्यु भएको थियो।

    घटनामा विभत्स हत्या गर्ने २२ जनाविरुद्ध अहिले मुद्दा रहेको छ । उनीहरुमध्ये अझै केही फरार रहेका छन् ।

    भिडीयो :

    भिडीयो अभिशेक नाथको फेसबुकबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images