images
images
  • झापामा स्थानीयद्धारा कुटिएका सशस्त्रका इन्स्पेक्टरले उल्टै कुटे ५ जना कर्मचारी

    झापा- सुनसरी बाहिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक नवप्रभात राईलाई स्थानीयले कुटपिट गरेका हुन्। स्रोतका अनुसार स्थानीयले उनी चढेको गाडीसमेत तोडफोड गरेका छन्।

    उनलाई झापाको नकलबन्दाका स्थानीयले नक्कली इन्स्पेक्टर अवैध रकम उठाउन आएको आरोपमा कुटपिट गरेको जनाइएको छ।

    मंगलबार मध्यराति एक जना सिपाही लिएर बीओपी अनुगमनका लागि भन्दै काँकडभिट्टा र बाहुनडाँगीबीच रहेको नकलबन्दा गएका थिए। उनलाई अवैध रकम उठाउन खोजेको आरोपमा स्थाीनयले कुटपिट गरेका हुन्।

    यता, इन्स्पेक्टर राईसहित तीन जनाको टोलीले भने उल्टै ड्युटीमा खटिएका ५ जना सशस्त्र प्रहरी हवल्दारलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ।

    ड्युटीमा खटिएका बर्दीधारी ५ जना हवल्दारलाई सादा पोशाकमा खटिएका इन्स्पेक्टर राईले मेची नदीको पानीमा डुबाउँदै बाँसको भाटाले निर्घात कुटपिट गरेको आरोप लागेको हो। घाइतेहरूको धुलाबारीस्थित आम्दा मेची अस्पतालमा उपचार भइरहेको छ।

    इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरू गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र प्रहरी जवान उमेश राजवंशी घाइते भएका जनाइएको छ।

    सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाले सो नाकाबाट सामान गएको भन्दै बर्दीधारी सशस्त्रका हवलदारहरूलाई कुटपिट गरेका थिए ।

    बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । इन्स्पेक्टर राई र तामाङ यसअघि पनि पटकपटक अमर्यादित क्रियाकलाप गरेबापत कारबाहीमा परेका थिए ।

    इन्स्पेक्टर राई र तामाङ यसअघि पनि पटकपटक अमर्यादित क्रियाकलाप गरेबापत कारबाहीमा परेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images