images
images
  • ग्लोबल टी-२० लिगमा छानिए सन्दीप र दीपेन्द्र

    काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् ।

    आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो ।

    ग्लोबल टी-२० लिग सन् २०१८ देखि सुरु भएको हो । सन् २०१९ मा दोस्रो संस्करण आयोजना भएयता प्रतियोगिता संचालन हुनसकेको थिएन ।

    नेपालबाट सोमपाल कामी र सन्दीपले यसअघि नै यो प्रतियोगिता खेलिसकेका छन् ।सन्दीपले पहिलो संस्करणमा मोन्टरियल टाइगर्स र दोस्रो संस्करणमा टोरन्टो नेशनल्सबाट खेलेका थिए। सन् २०१९ मा सोमपालले विन्नीपेग हकका लागि खेलेका थिए ।

    यसपल्ट सन्दीप आबद्ध टिममा एलेक्स हेल्स, लिटोन दास, आयान अफ्जल खान लगायतका खेलाडी छन् ।दीपेन्द्र आवद्ध मोन्टरियलमा बंगलादेशका सुपरस्टार सकिव अल हसन, वेष्ट इण्डिजमा आन्द्रे रसेल, यूएईका कप्तान मोहम्मद वासिमलगायतका खेलाडी छन् ।दीपेन्द्रले पहिलोपल्ट विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन् ।

    यसअघि नेपालका सन्दीप र सोमपालसहित पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिग खेलिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images