images
images
  • सशस्त्र प्रहरी बलद्वारा स्रोत नखुलेको १५ लाख नियन्त्रणमा

    बारा- सशस्त्र प्रहरी बलले बारामा भारतिय नम्बरको मोटरसाइकलमा सवार ब्यक्तिबाट स्रोत नखुलेको १५ लाख नियन्त्रणमा लिएको छ ।

    बारा जिल्लाको विश्रामपुर गा.पा.–१ खेखरिया नाकामा सशस्त्र प्रहरी बल नेपाल नं १२ गणका बारा मातहतको विओपी बरैनियाको टोलीले विषेश सुचनाको आधारमा चेकजांच गर्दा नेपाल तर्फ आउदै गरेको भारतिय नम्बरको मोटरसाइकलमा सवार ब्यक्तिको साथबाट श्रोत नखुलेको नेपाली रुपैया १५ लाख फेला परेको छ।

    निज ब्यक्ति, मोटरसाइकल र नगद रुपैया सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images