images
images
  • इजिप्टमा रेल दुर्घटना, दर्जनौँ घाइते

    एजेन्सी । इजिप्टको गिजा प्रान्तमा आइतबार दुई रेल एकआपसमा ठोक्किँदा कैयौँ यात्रु घाइते भएका इजिप्टको राष्ट्रिय रेलवे प्राधिकरणले जनाएको छ ।

    काएरो–आस्वानको गिजा–फायुम मार्गमा एउटा रेलले अर्को रेललाई ठक्कर दिँदा दुवै रेलमा रहेका यात्रीहरू घाइते भएका हुन् ।

    दुर्घटनाग्रस्त भएको प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई अस्पताल लगिएको जनाएको छ । आपतकालीन टोली र क्रेनहरू घटनास्थललाई खाली गर्न र बाँकी डिब्बाहरू यथाशीघ्र दुवै दिशामा पठाई सेवा पुनःस्थापना गर्न पठाइएको प्राधिकरणले जनाएको छ ।

    इजिप्टको सरकारी पत्रिका एल–योमले दिउको प्रारम्भिक सूचनामा दुर्घटनामा ६० जना घाइते भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images