images
images
  • विवादित बनेका डिएसपी उद्धवसिंह भाटको सरुवा

    काठमाडौं- इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख (डिएसपी) उद्धवसिंह भाटको काज सरुवा भएको छ ।

    रेशम चौधरी जेलमुक्त भएको खुसीयालीमा स्वागत गर्न पुगेका उनलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल सुरुवा गरिएको हो ।

    प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागका अनुसार इलाका प्रहरी कार्यालय टिकापुर प्रमुखको रुपमा डिएपी तुलसीराम अर्याललाई पठाइएको छ ।

    डिएसपी भाट टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेको अवस्थामा यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका चौधरीलाई स्वागत गर्न पुगेपछि विवादित बनेका थिए । रेशम गाडीबाट उर्लिने क्रममा हतार हतार गरेर खादा लिएर सार्वजनिक कार्यक्रममै बधाई दिएपछि उनी विवादमा तानिएका थिए ।

    उनको चर्को आलोचना भएको थियो । प्रहरीका उच्च अधिकारीलाई हत्या गरेको आरोप लागेका रेशमलाई नै डिएसपी भाट खादासहित स्वागत गर्न पुगेको भिडिओसमेत भाईरल छ । तर डिएसपी भाटले सामान्य शिष्टाचार र औपचारिकता मात्रै निभाएको भिडियोलाई अन्यथा प्रचार गरी बदनाम गराउन खोजिएको बताएका छन् ।

    यस्तै प्रहरी प्रधान कार्यालयले डिएसपी रविन्द्रमान गुरुङको पनि काज सरुवा गरेको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images