images
images
  • वरिष्ठ प्रहरी हबल्दार शाह शङ्कर मृत फेला

    ताप्लेजुङ- ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् ।

    सुरक्षा गस्तीमा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ्कर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा प्रहरी कर्मचारीलाई म बिस्तारै आउँछु भनेको तर निकै बेर नआएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

    प्रहरीका अनुसार मृतक शङ्कर छारे रोगबाट पीडित थिए । मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाउने तयारी भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images