images
images
  • महिला टी-२०: मलेसियामाथि नेपाल ७ विकेटले विजयी

    काठमाडौं- महिला टी-२० आई खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। मलेसियामा जारी खेलमा जितसँगै नेपालले घरेलु टोलीसँगको सिरिज बराबरी ग¥यो।

    मंगलबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै पाँच खेलको टी–२० आई सिरिज १–१ को बराबरी गरेको हो।

    मलेसियाले दिएको ९७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। कप्तान रुविना क्षेत्री २९ र सम्झना खड्का २ रनमा नटआउट रहे।

    ओपनर कविता कुँवरले २६ र सीता रानामगरले २३ रन बनाए। विन्दु रावल १७ रनमा क्याच आउट भइन्।

    टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रनको योगफल तयार पारेको थियो। मलेसियाका लागि मास एलिसा यासमिन जुक्किफीले २८ रन बनाइन्।
    रुविना क्षेत्रीले २ विकेट लिइन्। इन्दु बर्मा र कविता कुँवरले समान एक विकेट लिए।

    नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित भएको थियो। नेपालले १८ गते तेस्रो खेल खेल्नेछ। जेठ २० र २१ गते चौथो र पाँचौँ खेल खेल्ने तालिका छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images