काठमाडौं- काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो हुन सफल भएको छ।
त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा आज सम्पन्न खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो।
पहिलो सेट २५-२० ले गुमाएको नेपालले दोस्रो सेट २५-१६ ले जितेर खेलमा फर्किएको थियो । तेस्रो, चौथो सेट २५–१५ र २५–१३ मा जितेर नेपालले तेस्रो स्थान हासिल गर्न सफल भएको हो।
यस अघि शुक्रबार भएको सेमिफाइनलमा नेपाल काजकस्तानसँग पराजित भएपछि उपाधि जित्न असफल भएको हो।आजै दिउँसो ४ः १५ बजे भारत र काजकस्तानबीच उपाधिका लागि भिडन्त हुँदैछ। ८ टोलीको सहभागिता रहेको यो प्रतियोगितामा श्रीलंका पाँचौ, किर्गिस्तान छैटौं, माल्दिभ्स सातौं र बंगलादेश आठौं भएका छन।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















