images
images
  • वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

    आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रुपैयाँ घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो।

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज मुद्दा दायर गरिएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images