images
images
  • रुकुम पश्चिममा जिप दुर्घटना हुदा ४ जनाको मृत्यु, १० घाइते

    रुकुम- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

    सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।

    बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री, बाँफीकोट गाउँपालिका–८ की रेखा खत्री र उनको सानो छोराको दुर्घटनामा मृत्यु भएको छ।

    सुत्केरी महिला र बच्चाको पहिचान सकेको छैन्। जिपमा जम्मा १४ यात्रु सवार थिए। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताए। गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको उनको भनाइ छ।

    घटनास्थलमा उद्धारको काम भइरहेकोले यसबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images