काठमाडौं- घरेलु मैदानमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा लगातार दोस्रो जित निकाल्दै आयोजक नेपाल र भारत एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
लगातार दोस्रो हारसँगै किर्गिस्तान र बंगलादेश एक खेल बाँकी छँदै समूह चरणबाट बाहिरिएको छ ।
एकपक्षीय खेलमा नेपालले बंगलादेशलाई २५–१०,२५–८ र २५–९ को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
लगातार दोस्रो जित निकालेका नेपाल र भारतले समान ६ अंक जोड्दै सेमिफाइनल पुगेका हुन्।
समूह चरणको अन्तिम खेलमा भोलि नेपाल र भारत तथा बंगालदेश र कीर्गिस्तान खेल्नेछन्। भोलि हुने नेपाल र भारतबीचको खेलले समूह विजेताको टुङ्गो लाग्नेछ।
घरेलु प्रतियोगितामा उच्च प्रर्दशन गर्दै आएका चार युवा खेलाडीले राष्ट्रिय भलिबल टोलीमा डेब्यु गरेका छन्। बंगलादेशविरुद्धको खेलमा प्रगती नाथ, पूजा चौधरी, कविता भट्ट र सेटर शान्ती कला राईले डेब्यु गरे।
नेपाल रहेको समूह ए बाट भारत र नेपालले एक खेल अगावै अन्तिम चारमा स्थान बनाएका हुन्।
आजै भएको समूह ए को पहिलो खेलमा भारतले काजकिस्तार्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो।


विश्व खबर 


















