काठमाडौं- सुनको मूल्य मंगलबार घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।
आइतबार तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार पुगेको सुनको मूल्य सोमबार स्थिर थियो।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ रुपैयाँ कायम छ।
सोमबार चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















