images
images
  • महालक्ष्मी र प्रभु लाइफको एकीकृत कारोबार असार २९ गतेदेखि

    काठमाडौं- महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्सले असार २९ गते एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

    यी दुई कम्पनीले मर्जर सहमति पत्रमा प्रारम्भिक हस्ताक्षर गरेको करिब एक वर्षमा एकीकृत कारोबार गर्न लागेका हुन्।

    गत असार ३० गते मर्जरमा गएका कम्पनीले आगामी असार २९ गते प्रभु महालक्ष्मी लाइफको नामबाट एकीकृत कारोबार गर्नका लागि मिति तय गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइले बताए।

    यति बेला दुई कम्पनीले साधारणसभा र एकीकृत कारोबारको लागि तयारी गरिरहेको उनले जानकारी दिए। ‘मर्जरको सबै तयारी लगभग भइसेको छ।अब दुई कम्पनी साधारणसभा सकिएपछि मर्जरलाई विशेष प्राथमिकता दिइनेछ।’– उनले भने।

    प्रभु महालक्ष्मीको एकीकृत कारोबार यस अघि विभिन्न मितिमा गर्ने तय भएपनि मिति सर्दै आएको थियो। नेपाल बीमा प्राधिकरणको एक्चुअरी भ्यालुएसनहरुमा ढिलाई भएपछि चालु आर्थिक वर्षको अन्तिममा कारोबार सुरु गर्न लागेका हुन्।

    स्वाप रेसियो एक बराबर एकमा गाभिएका यी कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले तोकेको पुँजी पुर्याउन अझै ९० करोड रुपैयाँ अपुग हुनेछ।

    कम्पनीले चुक्त पुँजी पुर्याउन प्रिमियममा आइपीओ जारी गर्ने निर्णय गरेको थियो। तर हाल कम्पनीले आइपीओ जारी नगरी मर्जरमा जाने जानकारी गराएको छ।

    अब बन्ने एकीकृत कम्पनी प्रभु महालक्ष्मीको सञ्चालक समिति अध्यक्ष सुवास अमात्य र प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई रहने छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images