images
images
  • सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघसंस्थामा छुट

    काठमाडौं- सिटिजन्स बैंकले विभिन्न संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरूसँग सम्झौता गरेको छ।

    सम्झौता पश्चात् बैंकका ग्राहकले ती संस्थाले उपलब्ध गराउने विभिन्न सेवाहरूमा छुट प्राप्त गर्नेछन्।

    बैंकका ग्राहकले नक्साल काठमाडौंमा अवस्थित आबुरी रेस्टुरेन्टका सेवामा अधिकतम १० प्रतिशत, भगवती मार्ग नक्सालमा अवस्थित वी कयेर हेल्थ सेन्टरका सेवाहरूमा अधिकतम १५ प्रतिशत, भद्रकालीमा अवस्थित फन ल्यान्ड इन्टरटेनमेन्टको प्रवेश शुल्कमा ४० प्रतिशत र धरान उपमहानगरपालिका वडा १० मा अवस्थित टस्क माउन्टेन बाइक स्टोरबाट बाइ–साइकल खरिदमा ८ प्रतिशतसम्म छुट पाउने भएका छन्।

    बैंकले डिजिटल बैंकिङका माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री योजना ल्याउने गरेको जनाएको छ।

    डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images