images
images
  • सनराइज बैंकद्वारा २ ठाउँमा प्रहरी बिट निर्माण

    काठमाडौं- सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी बिट निर्माण गरेको छ ।

    बैंकले सुदूरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाका लागि वडा कार्यालय र इलाका प्रहरीसँग
    समन्वय गरी १–१ थान प्रहरी बिट निर्माण गरेको जनाएको छ ।

    ३ र ४ जेठमा छुट्टा–छट्टै कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रवीनकुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरेका छन् ।

    चुरे गाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म सिंह बिष्ट र चुरे गाउँपालिका–३ का वडा अध्यक्ष खगेन्द्र खडायतको उपस्थिति रहेको थियो ।

    डडेल्धुराको कार्यक्रममा अमरगढी नगरपालिका–५ का वडा अध्यक्ष टंकबहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टको उपस्थितिमा प्रहरी बिट हस्तान्तरण भएको बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images