images
images
  • सप्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    राजविराज- गैरनागरिकलाई नेपाली नागरिकता प्रदान गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय सप्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    बुधबार सप्तरी जिल्ला अदालतले प्रशासकीय अधिकृत किशोर रामसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।

    सूचना अधिकारी पोखरेलका अनुसार आज (बिहीबार) दुई जना अदालतमा उपस्थित भएको थिए । प्रकरणमा मुछिएका राजविराज नपा–११ का वडा वडाध्यक्ष उदित नारायण यादव र अर्का एक जना अदालतमा उपस्थित भएको उनले बताए ।

    ‘२८ जनाविरुद्ध मुद्दा चलेको हो, जसमा जिल्ला अदालतबाट २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ, २ जान आज उपस्थित भएर गए,’ उनले भने, ‘अहिले सबैको नामावलीसहित प्रहरीलाई दिएका छौ, कानुनी प्रयास अगाडि बढी सकेको छ ।’

    राजविराज नगरपालिका वडा नम्बर–११ फर्सेठका सूर्यनारायण यादवले झुटो विवरण दिई नातामा नाति पर्ने सतिश यादवलाई छोरा बनाइ नेपाली नागरिकता बनाइ दिएको प्रकरणमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

    उक्त प्रकरणमा यसअघि नै सूर्यनारायण र सतिश पक्राउ परी जनही एक–एक लाख रुपैयाँ धरौटी बुझाएर छुटिसकेका छन् ।

    प्रशासकीय अधिकृत किशोरले भने बुधबार मात्रै सप्तरी कारागार प्रमुखबाट सरुवा भई सप्तरीको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

    उनलाई प्रशासनले सम्पर्क गर्दा मोबाइल स्विच अफ छ । पक्राउ पुर्जी जारी भएपनि उनीहरू काम गरिरहेका छन् ।

    अहिले सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालयका अधिकृत रामसहित नासु सुशील कर्ण, खरिदारद्वय सुरज नेपाल र सञ्जीवकुमार साह, प्रहरी सहायक निरीक्षक महेन्द्र चौधरी, प्रहरी सहायक हवलदारद्वय नारायणकुमार महतो र राम ईश्वर मण्डल, वडाध्यक्ष यादव, वडा सचिव हरिनारायण यादवसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images