images
images
  • नेपाली सेनाको रथीमा पदोन्नति भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङ्ग थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति सिग्देलले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्ले थापालाई यही मङ्सिर ४ गते रथीमा पदोन्नति गरेको थियो ।

    सोही अवसरमा उपरथीमा बढुवा भएका मनोज थापा तथा सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानीत्रय जगत शाह, पङ्कज रावल र शितल बानियाँलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।

    यसैगरी महासेनानीमा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images