काठमाडौं- कालिका लघुवित्तले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्ने भएको छ।
लघुवित्तले जो कोहीले पनि सेयर खरिद गर्न पाउने गरी बिहीबारबाट १९ हजार ७०० कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको हो।
उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन लघुवित्तको केन्द्रीय कार्यालय पोखरामा बुझाउन सकिने लघुवित्तले जनाएको छ।
लघुवित्तले संस्थापक सेयरधनीहरुमा उक्त सेयर बिक्रीका लागि यसअघि नै ३५ दिने सूचना जारी गरेको थियो। तर उक्त दिनसम्म संस्थापकहरुबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेकाले अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्न लागेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















