काठमाडौं- नियमित ओरालो लागेको सेयर बजारमा आज सामान्य अंकले सुधार आएको छ। नेप्से परिसूचक ३.२९ अंकले घटेर १८२१.६० विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले घटेको छ। नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ।
बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ ।
आइतबार ९० करोड माथिको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर करिब ७३ करोडमा झरेको थियो । मंगलबार कारोबार रकम झनै घटेर ६४ करोड १ लाखमा झरेको छ ।
मंगलबार नेप्सेमा १८ हजार ८८९ वटा कारोबारमा २० लाख ६३ हजार ७३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।
आज आत्मनिर्भर लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। माया खोला हाइड्रोपावरको सेयर मूल्य ५.७० प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा एनआईसी एसिया शीर्षस्थानमा रह्यो। सो बैंकको ५ करोड १ लाख मूल्यको सेयर कारोबार भयो। यस्तै शिवम् सिमेन्टको २ करोड ८८ लाख र नविल बैंकको २ लाख १६ हजार मूल्यको सेयर खरिदबिक्री भयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो। बैंकिङ र अदर्श उपसमूहको सूचक ओरालो लाग्दा बाँकी उपसमूहको सूचक बढेको हो।


विश्व खबर 



















