images
images
  • एनआईसी एसियाको साढे ३ लाख कित्ता सेयर बिक्रीमा, प्रति कित्ता ३६५ रुपैयाँ

    काठमाडौं- एनआईसी एसिया बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले ३ लाख ४५ हजार ६८० कित्ता सेयर बोलमार्फत् लिलाम गर्ने भएको हो।

    उक्त शेयर खरिद गर्न विद्यमान संस्थापक शेयरधनी तथा जोकोही योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

    सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

    त्यस्तै कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सबै खरिद गर्न मिल्छ। मंगलबारदेखि सिलबन्दी बोलपत्र कबुल गर्ने बैंकले जनाएको छ। इच्छुकले जेठ ९ गतेसम्म पेस गरिसक्नुपर्ने छ।

    बोलपत्र काठमाण्डौको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा बुझाउनुपर्नेछ ।

    आम व्यक्ति र संस्था जो कोहीले बोलपत्र पेस गर्न सक्नेछ। बैंकले विद्यमान संस्थापकलाई पनि आह्वान गरेको हो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images