काठमाडौं- सनराइज बैंकले कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ३ कुचैनी कैलालीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।
उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ। बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा गणेशप्रसाद पौडेललाई नियुक्त गरेको छ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवा लिन सकिने जनाएको छ।
व्यापार, कृषि र रेमिट्यान्सको मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ सेवा सुरु गरेको बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















