काठमाडौं – नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको सुरुवात गरेको छ ।
कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआर मार्फत भुक्तानीको सुबिधा संचालनमा ल्याएको हो ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय काठमाडौं वागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले उक्त सम्झौतापत्र आदानप्रदान गरेका छन् ।
निर्देशक प्रधानले नेपाल टेलिकमले आफ्ना काउन्टरहरूमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो पाइला चालेको उल्लेख गर्दै प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानुपर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मदत गर्ने बताएका छन्।
यस्तै नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ पोखरेलले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा यस कार्यले उल्लेख्य भूमिका खेल्ने बताए ।


विश्व खबर 



















