काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर तोलामा १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















