images
images
  • नेप्सेमा दोहोरो अंकको गिरावट, ९० करोडको कारोबार

    काठमाडौं- साताको सेयर कारोबारको पहिलो दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

    यसदिन नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा अडिएको छ।

    सेन्सेटिभ इण्डेक्स ३.५२ अंकले घटेर ३४९.५८ विन्दुमा पुगेको छ। आज २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर ९० करोड ६३ हजार ८५६ रुपैयाँमा खरिदबिक्री भयो।

    दोहोरो अंकले घटेको सेयर बजारमा एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर वित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
    आज १६९ कम्पनीको मूल्य घट्दा ४० को मात्रै बढ्यो।

    कारोबार रकमका आधारमा यसदिन सिटीजन इन्भेस्टमेन्ट ट्रस्ट शीर्षस्थानमा रहयो। सो कम्पनीको ५ करोड ३५ लाख ७५ हजार ७८१ रुपैयाँको सेयर कारोबार भयो।

    यस्तै हिमालयन डिस्टीलरीको ४ करोड ५९ लाख र एनआईसी एसिया बैंक ४ करोड ५७ लाख बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटा समूहकोमध्ये १२ को मूल्य घट्यो भने एउटाको मात्रै मूल्य बढ्यो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images