
काठमाडौं- नेपालले २१ वर्षपछि एसिया कप क्रिकेट प्रतियोगिताको यात्रा तय गरेको छ ।
एसीसी प्रिमियर कप क्रिकेटको फाइनल भिडन्तका यूएईलाई ७ विकेटले हराएपछि नेपालले एसिया कपमा भारत र पाकिस्तानसँगको भिडन्त पक्का गरेको हो।
आगामी सेप्टेम्बरमा एशिया कप पाकिस्तानमा हुने तालिका छ। जहाँ नेपालले विश्व क्रिकेटका महारथी मानिएका भारत, पाकिस्तानसँग खेल्नेछ।
नेपाल समूहमा एमा रहेको छ। जहाँ भारत र पाकिस्तान रहेका छन्। यसैगरी समूह बीमा बंगलादेश, श्रीलंका र अफगानस्थान छन्।
समूह चरणबाट दुई–दुई टिम टप चारका लागि अघि बढ्नेछन्।
हजारौँ समर्थकबीच गुलशन झा र भीम सार्कीको उत्कृष्ट साझेदारीले नेपालको एसिया कप यात्रा सहज भएको हो।
गुलशन झा ६७ र भीम सार्की ३६ रनमा नटआउट रहेको खेल करिब एक पक्षीय थियो।
८४ बलको सामना गरेका गुलशनले ३ चौका र ६ छक्का प्रहार गरे। भीमले ७२ बलमा ४ चौका हाने।
जितपछि क्रिकेटरहरुले मैदानमा घुमेर समर्थकहरुसँग खुसी साटेका थिए।
प्रतिक्रिया दिनुहोस्