
काठमाडौं- वर्षाको कारण अवरुद्ध बनेको एसिसी प्रिमियर कपको फाइनल खेल पुनः सुरु भएको छ। त्रिवि क्रिकेट मैदानमा वर्षा रोकिएपछि खेल पुनः सुरु भएको हो।
१६ औंभर सकिँदा वर्षा भएपछि खेल रोकिएको थियो। यूएई ताजा अवस्थामा ५ विकेटको क्षतिमा ६० रन बनाएर खेलिरहेको छ।
खेल रोकिनु अघि युएईका आसिफ खान १५, बसिर हमिद ६ रनमा क्रिजमा थिए ।
सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
पाचौँ ओभरको पाँचौ बलमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए।
८।१ ओभरमा करणले नै आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए। रमिज शहजाद ९।१ ओभरमा १ रन बनाउँदा ललित राजवंशीको बलमा गुलसन झाबाट क्याच आउट भए।
सन्दीप लामिछानेले १३।१ ओभरमा रोहन मुस्तफालाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए।
नेपाल ओडीआई वरीयताको १४ औँ र यूएईको १९ औँ स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्