images
images
  • वर्षाले रोकियो नेपाल र युएईबीचको फाइनल खेल

    काठमाडौं- एसीसी प्रिमियर कपमा नेपाल र युएईको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको हो ।

    खेल रोकिनु अघि युएईका आसिफ खान १५, बसिर हमिद ६ रनमा क्रिजमा थिए ।

    सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

    पाचौँ ओभरको पाँचौ बलमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए।

    ८.१ ओभरमा करणले नै आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए। रमिज शहजाद ९.१ ओभरमा १ रन बनाउँदा ललित राजवंशीको बलमा गुलसन झाबाट क्याच आउट भए।

    सन्दीप लामिछानेले १३.१ ओभरमा रोहन मुस्तफालाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए।

    नेपाल ओडीआई वरीयताको १४ औँ र यूएईको १९ औँ स्थानमा छ।

     

    प्रतिक्रिया दिनुहोस्

    images