images
images
  • एसीसी प्रिमियर कप: फाइनलमा आज नेपाल र यूएई भिड्दै

    काठमाडौं- एसीसी प्रिमियर कपको फाइनल खेलमा आज नेपालले यूएईको सामना गर्दैछ । कीर्तिपुरस्थित खेल मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ ।

    आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

    सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ ।

    त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images