
काठमाडौं- काठमाडौंको वीर अस्पतालस्थित पुरानो भवनको पर्खाल भत्किँदा चारजना घाइते भएका छन् ।
आइतबार दिउँसो पुरानो भवनस्थित छतको बाहिरपट्टि रहेको पर्खाल भत्किएको काठमाडौं प्रहरीका प्रवक्ता सीताराम रिजालले जानकारी दिए। पर्खाल भत्किँदा चारजना घाइते भएको उनले सुनाए।
दुई दिनदेखि परेको पानीले पर्खाल भिजेर छुटेका इँटा खस्दा भवनभित्रको प्यासेजमा हिँडिरहेका सर्वसाधारणलाई लागेको हो। माथि छतबाट खसेका इँटा जस्तापातामा लाग्दै सर्वधारणमाथि खसेको थियो। ती इँटाले लागेर चारजना घाइते भएका हुन्।
घाइते भएकाहरूको अवस्था सामान्य छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्