
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेसभाको १४औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।
उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका हन्। मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए।
मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा २९ मत परेको छ भने विपक्षमा १० मात्रै परेको छ।
उनले नेकपा एमाले र राप्रपा बाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन्। उनलाई माओवादीको १३, कांग्रेसको १४, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदको मत प्राप्त भएको हो।
प्रदेश सरकारमा रहेको एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्मालाई तेस्रोपटक विश्वासको मत लिन परेको हो ।
यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिएका थिए।
प्रतिक्रिया दिनुहोस्