images
images
  • वर्ल्डलिंकद्वारा सन्दीप लामिछानेलाई १ लाख नगदसहित सम्मान

    काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले सम्मान गरेको छ।

    एक दिवसीयतर्फ सबैभन्दा छिटो १ सय विकेट लिएकोमा बधाई दिँदै वर्ल्डलिंकका सीईओ केशव नेपालले सन्दीपलाई १ लाख नगदसहित सम्मान गरेका हुन्।

    राष्ट्रिय क्रिकेट टोलीका स्पिनर समेत रहेका लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका थिए।

    कतार र नेपालबीचको खेल सकिएपछि मैदानमा वर्ल्डलिंकका सीईओ नेपालले उनलाई नगदसहित सम्मान गरेका हुन्।

    सन्दीपले ४२ खेलमा १ सय विकेट लिँदै विश्व रेकर्ड बनाएका हुन्।

    यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images