images
images
  • सन्दीपको अलराउण्ड प्रदर्शनमा कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

    कठमाडौैं- स्पिनर सन्दीप लामिछानेको अलराउण्ड प्रदर्शनमा घरेलु टोली एसीसी प्रिमियर कपको समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

    समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गर्दै नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।

    आजै मूलपानी मैदानमा जारी हङकङ र कुवेतबीचको खेलको नतिजापछि मात्र नेपालले अन्तिम चारमा खेल्ने टोलीको टुङ्गो लाग्नेछ।

    नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रन बनाउँदा अलआउट भयो।

    जहिर इब्राहिम र खुराम शहजादले बनाएको १५ रन नै कतारका लागि सर्वाधिक रह्यो। अमिर फरुकले १४ रन थपे।

    प्रतिक्रिया दिनुहोस्

    images
    images