images
images
  • नेपालको घातक बलिङसँगै संकटमा कतार, १३ ओभरमा ६ विकेट गुम्यो

    काठमाडौं- नेपालले एसिसी प्रिमियर कपमा कतारविरुद्ध घातक बलिङ गरेको छ ।

    नेपालले १३ औभर खेल्दै मात्र ४१ रन दिएर ६ विकेट लिएको छ।

    जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १३ ओभरमा ६ विकेट गुमाउँदै ४१ रन बनाएको हो ।

    सन्दिपले छैटौं विकेटको रुपमा मोहम्मद रिजलानलाई शिकार बनाए। त्यसअघि पाचौं र चौथो विकेटमा सोमपाल कामीले लिएका थिए। पाचौंमा विकेटमा इक्रामुल्लाहा खान र चौथो विकेटमा मोहम्मद तनवीरलाइ आउट गरे।

    त्यसअघि कतारका जाइर इब्राहिमलाइ नेपालका लेग स्पीनर सन्दिप लामिछानेले आरिफ शेखको हातबाट क्याच आउट गराएका थिए।

    दोस्रो विकेटको रूपमा कतारका इमाल लियनेजर्लाई सोमपाल कामी आउट गरे भने ललित राजबंशीले कतारका कमरान खानलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images