images
images
  • कतारविरुद्ध नेपालको खराब ब्याटिङ, १५७ रनमै अलआउट

    काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतार विरुद्ध खेलिरहेको नेपालले लज्जास्पद ब्याटिङ गरेको छ।

    नेपालले मात्र १५७ रन जोड्दा सबै विकेट गुमायो। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले समूहकै कमजोर मानिएको कतारविरुद्ध खराब ब्याटिङ गरेको छ।

    नेपालले पुरा ओभर पनि खेल्न पाएन। चालिस ओभर ३ बलमा सबै विकेट गुमाएर मात्र १५७ रन बनायो। कतारले समूह चरणका तीन खेल हारेको छ। भने नेपाल अहिलेसम्म अपराजित छ। तर कतारविरुद्ध कमजोर प्रर्दशन गरेको छ।

    नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४२ बनाएर अविजित रहे भने कप्तान रोहित पौडेलले २७ रन जोडे। आशिफ शेखले १९ रन बनाए।

    नेपालले १० औं विकेटमा ललित राजबंशीलाई मात्र १ रनमा गुमायो। भने नवौं विकेटको रुपमा गुल्शन झालाई मात्र ७ रनमा गुमायो। आठौं विकेटमा दिपेन्द्रसिंह ऐरीलाई गुमायो। उनले १२ रन बनाएर खेलिरहेको थिए।

    आरिफ शेख र सोमपाल कामीले समान ११ ११ रन जोडे भने कुशल मल्लले मात्र ३ रन जोडे। त्यस्तै भीम सार्कि ६ रन र कुशल भूर्तेल मात्र २ रनमा आउट भए।

    कतारको लागि अमिर फारुकले ४ र वाइस अहमदले ३ विकेट लिए भने मुनविरा २ विकेट र इक्रामुलाले १ विकेट लिए।

    प्रतिक्रिया दिनुहोस्

    images