
काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतार विरुद्ध खेलिरहेको नेपालले खराब ब्याटिङ गरेको छ।
नेपालले मात्र ११५ रन जोड्दा ९ विकेट गुमाइसकेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २९ ओभरमा ९ विकेट गुमाइसकेको छ।
नेपालले गुल्शन झा, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी कुशल मल्ल, रोहित पोडेल, आशिफ शेख, भीम सार्की र कुशल भूर्तेललाई गुमाइसकेको छ। अहिले क्रिजमा सन्दिप लामिछाने र ललित राजबंशी छन्।
प्रतिक्रिया दिनुहोस्