बाहिरी घेरामा ससस्त्र प्रहरी र नेपाली सेना खटिने
चितवन- चितवन प्रहरीले बैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर– २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मीको उलेख्य मात्रामा परिचानल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए।
उनका अनुसार चितवन २ को उपनिर्वाचनका लागि १ हजार २७० जना प्रहरी खटिएका छन्। निर्वाचनको सुरक्षाका लागि बाहिरी जिल्लाबाट ८ सय प्रहरी आएका छन्। सोही मात्रामा बाहिरी घेरामा ससस्त्र प्रहरी र नेपाली सेनाले समेत निर्वाचनको सुरक्षामा खटिने छन्।
प्रहरीका अनुसार चितवन २ मा आम निर्वाचनभन्दा उपनिर्वाचनमा हामीलाई सुरक्षा चुनौती बढी भएको बताइएको छ । बाहिरी जिल्लाका समेत आएर निर्वाचनलाई समस्या सृजना गर्ने उतिकै सम्भावना छ।
जिल्ला प्रहरी कार्यालय चितवनले १३ वटा मतदान केन्द्रलाई संवेदन्शील रुपमा लिएको छ । सोही अनुसार, प्रहरीले प्रत्येक बुथमा कम्तिमा एक दर्जन प्रहरी खटाएको छ।
एउटा केन्द्रमा १२ जना प्रहरी हुन्छन् । बुथ थपिँदै गए पाँच जनाका दरले प्रहरी थपिन्छन्,’ उनले भने, ‘६देखि ८ वटा बुथ भएको ठाउँमा प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी परिचालित छन्। अन्य स्थानमा प्रहरी नायव निरिक्षकको कमाण्डमा टोली खटिएको छ।
प्रहरीले रिजर्भ टोली समेत बनाएको छ। भरतपुर महानगरपालिकाका १० वटा वडामा ४ र कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा समान २÷२वटा टोली तयारी अवस्थामा राखेको छ। साथै मोबाइल टोली रहने उपरिक्षक कार्कीले जानकारी दिए।
आम निर्वाचनमा एउटा बुथमा २ जना प्रहरी र ५ जना म्यादी प्रहरी परिचालित हुन्थे। उनीहरुले ४ वटा मतपेटिकाको सुरक्षा गर्नुपर्दथ्यो। अहिले एउटा मतपेटिकाको लागि १२ जना प्रहरी खटिनेछन्। चितवन निर्वाचन क्षेत्र नम्बर २मा १ लाख २४ हजार ६९५ मतदाता रहेका छन्। मतदान स्थल ४३ र मतदान केन्द्र १ सय ३८ छन्।
निर्वाचनको दिनमा राजमार्गमा लामो दुरीमा गुढ्ने सवारी साधनको व्यवस्थापनका लागि १५० जना प्रहरी खटिनेछन्। चितवनको मौवाखोलादेखि भरतपुरसम्म ३० ठाउँमा प्रहरी साहायक निरिक्षकको कमाण्डमा खटिने कार्कीले जानकारी दिए।
एक ठाउँमा ५ जनाको समुह हुनेछ। यस क्षेत्रमा स्थानीय रुटका सवारी साधान आवागमन बन्द गरिएको उनले जानकारी दिए।
चितवन प्रशासनले नारायणी पुलमा पर्न सक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैंडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दुरीका सवारी साधन एकिङ गरेर मात्रै पठाउन भनिएको जनाएको छ।
वैशाख १० गते जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी साधनहरु, एम्बुलेन्स, स्वास्थयकर्मी, पत्रकारका सवारी साधनहरु मात्र संचालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ।


विश्व खबर 




















