images
images
  • ओडिआईमा नेपालको इतिहासकै उच्च स्कोर, ओमानलाई ३११ रनको लक्ष्य

    काठमाडौं- एसिसी प्रिमियर कपमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ। नेपालले एकदिवसीय क्रिकेटतर्फ ओडीआईमा बनाएको ३११ रन हालसम्मकै उच्च स्कोर बनाएको छ।

    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो ।

    नेपालको लागि कुशल मल्लले शतक र सोमपाल कामीले अर्धशतक प्रहार गरे। नेपालले ओमानविरूद्ध बनाएको ३१० रन एक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सबैभन्दा उच्च रन हो। यसअघि नेपालले आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो।

    आजको खेलमा नेपालको लागि दुई कीर्तिमान कायम भए। अलराउन्डर कुशल मल्ल नेपालबाट ओडिआईमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी बने भने ओडिआईमा उच्च रन पनि नेपालले आजै बनाएको छ।

    कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेले। सोमपाल कामीले ३९ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरे। सोमपाल कामी ४८ बलमा ९ चौकासहित ६३ रनमा नटआउट रहे।

    आजको खेलमा दुवै ओपनर शून्य रनमा आउट भएपछि नेपालले खेलको २८औँ बलमा मात्रै खाता खोलेको थियो। तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरेका थिए। कप्तान रोहितले २३ रन बनाउँदा भीम ३३ रनमा आउट भए।

    पाँचौं विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए। आरिफ २९ रन बनाउँदै आउट भएका थिए।

    यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे। सोमपाल कामीले ४९ बलमा ७ चौका प्रहार गरे। त्यस्तै करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे।
    बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एक÷एक विकेट झारे।

    साथै समूह बी अन्तर्गत मूलपानीमा भइरहेको खेलमा हङकङले यूएईलाई २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images