काठमाडौं- अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन् ।
त्यहाँ नेपाली सेनाका २, नेपाल प्रहरीका ३ र सशस्त्र प्रहरी बलका एकजना स्टाफ कार्यरत रहेका छन् । सबै जना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।
केही समयदेखि त्यहाँ फैलिएको हिंसात्मक घटनामा हालसम्म १ सय ८५ जनाको ज्यान गइसकेको छ भने १ हजार ८ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले त्यहाँ जारी द्वन्द्व समाधान गर्न दुवै प्रतिद्वन्द्वी नेतालाई टेलिफोन गरी युद्धविरामका लागि अपिल गरिसकेकी छन् । तथापि, एसएएफ र आरएसएफ दुवै पक्ष युद्धविरामको सम्मान गर्न असफल भइरहेका छन् ।
एसएएफ सीडीआरले राजधानी र अन्य क्षेत्रलाई सुरक्षित गर्ने काम भने जारी राखेको छ ।
प्रतिक्रिया दिनुहोस्






















