images
images
  • मलेसियाविरूद्ध नेपालले पायो २३६ रनको लक्ष्य

    काठमाडौं- एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य पाएको छ।

    त्रिवि अन्तराष्ट्रिय मैदानमा जारी खेलमा मलेसियाले सबै ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनायो।

    नेपालको लागि सन्दिप लामिछाने र सोमपाल कामीले समान तीन–तीन विकेट लिए। भने ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए।

    मलेसियाको लागि मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे। ९५ बलमा ७६ रन बनाएका फैजले ८ चौका र १ छक्का प्रहार गरे।

    यस्तै विरन्दीप सिंहले ४६ रनको योगदान गरे। ९४ बलमा ४६ रन बनाएका उनले दुई चौका प्रहार गरे। खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images