दाङ- ट्रकको ठक्करबाट दाङमा २ जनाको मृत्यु भएको छ।
भैरहवाबाट तुलसीपुर तर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले सोही दिशातर्फ गईरहेको लु ७३ प ११६२ नम्बरको मोटरसाईकललाई घोराही उपमहानगरपालिका ११ स्थित खैरामा ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।
दुर्घटनामा परि घोराही ११ खैराका २६ बर्षिया सन्देश बस्नेत र सोही ठाउँ निवासी १७ बर्षीय गोपाल बिकको मृत्यु भएको छ।
मोटरसाईकल चालक बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र मोटरसाईकलमा सवार विकको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकललाई ट्रकले ठक्कर दिएको थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















