images
images
  • आईपीएल: लखनउलाई हराउदै पन्जाबको तेस्रो जित

    इन्डियन- प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले लखनउलाई हराउन सफल भएको छ। तेस्रो जित निकालेको छ।

    गएराती भरत रत्न श्री अटल बिहारी क्रिकेट मैदानमा भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराउँदै पन्जाबले तेस्रो जित निकालेको हो।

    लखनउले दिएको १ सय ६० रनको लक्ष्य पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर १ सय ६१ रन जोड्दै पूरा गर्यो।

    पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो।लखनउका लागि कप्तान केएल राहुलले सबै भन्दा वढि ७४ रन बनाए। केली मेयर्सले २९ रन , कुर्नाल पान्डयाले १८ तथा मार्कुस स्टोनिसले १५ रन बनाए पन्जाबका साम करणले ३ तथा कागिसो राबडाले २ विकेट लिए।

    जवाफमा पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर १ सय ६१ रन जोड्दै पूरा गर्यो।पन्जाबको लागि सिकन्दर राजाले ५७ रन,माथ्यु सर्ट ३४ रनमा हर्पित सिंह २२ रनमा तथा शाहरुख खान २३ रनमा रनको योगदान दिए। लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२विकेट लिए।

    जितसँगै पन्जाबले ५ खेलमा ६ अंक जोडेको छ। पन्जाब चौंथो स्थानमा उक्लिएको छ।लखनउ ६ अंक नै जोडेर दोस्रो स्थानमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images