images
images
  • एनआरएनए युकेद्वारा पठाइएको १५० थान अक्सिजन कन्सन्ट्रेटर आज नेपाल आइपुग्ने


    काठमाडौं । नेपालमा तीव्र रुपमा बढ्दै गएको कोभिड १९ को संकट समाधानको लागि आपतकालीन सहयोग स्वरूप बेलायतस्थित नेपाली संघसंस्था तथा व्यक्तिगत पहलमा १५० थान अक्सिजन कन्सन्ट्रेटर आज नेपाल आउँदैछ ।

    अक्सिजन कन्सन्ट्रेटर चीनको पोर्टमा कस्टम क्लियर भएर शनिबार चीनको गोन्जाउबाट नेपाल उडेको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन् ।

    ती अक्सिजन कन्सन्ट्रेटर नेपाल एयरलाइन्सको वाइड बडी जहाजमार्फत आजै शनिबार नेपाल आइपपुग्ने एनआरएनए यूकेले जनाएको छ । गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङका अनुसार कन्सन्ट्रेटर मशिनहरु नेपाल सरकारलाई तत्कालै हस्तान्तरणको प्रकृया अघि बढाइने छ ।

    नेपाली राजदूतावास लन्डनको संयोजन तथा एनआरएन यूकेको सक्रियतामा ‘अक्सिजन पठाऔँ – नेपालीको ज्यान बचाऔँ’ अभियान अन्तर्गत एक संस्था – न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरेको थियो । सो अभियानमा करिब दुई करोड रकम संकलन भएको गैर आवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । मातृभूमिमा परेको संकटको बेला बेलायतवासी नेपाली तथा संघसंस्थाले स्वस्फुर्त रुपमा सहयोग गरेको बताइन् ।

    गत मे १५, मा बेलायतका लागी नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्य र उप नियोग प्रमुख रोशन खनाल समेतको विशेष उपस्थितिमा एनआरएन यूकेको संयोजन एवं बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, संरक्षक परिषद, आइसीसी सदस्यहरु तथा पदाधिकारीहरूको बृहत बैठक सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images