images
images
  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


    धनुषा । धनुषाको पोर्ताहामा बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्।

    गत राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना ४ त १६८२ नम्बरको ट्र्याक्टरमा पूर्वबाट आएको रा ६ प २८६३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार भीमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको प्रहरीेले बताइएको छ।

    मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षण प्रदीप सुवेदीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images