images
images
  • ए डिभिजन लिग: जावलाखेललाई हराउदै आर्मीको तेस्रो जित

    काठमाडौं- त्रिभुवन आर्मी फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार जावलाखेल युथ क्लबलाई ३-१ ले पराजित गरेको छ । जारी लिगमा आर्मीको यो तेस्रो जित हो ।

    जितपछि ७ खेलबाई १२ अंक जोडेको आर्मी पाँचौ स्थानमा उक्लेको छ । सिजनको दोस्रो हार बेहोरेको जावलाखेलले भने शीर्ष स्थानमा उक्लने अवसर गुमायो । जावलाखेल ७ खेलबाट १४ अकसहित दोस्रो स्थानमै छ ।

    एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि जिलेस्पी जंग कार्कीले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

    नवयुग श्रेष्ठले ५२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे ।

    सुनिल खड्काले ६२औं मिनेटमा गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर सुदिल राई ८०औं मिनेट गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images