images
images
  • सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम सुनवाई आज

    काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदैछ ।

    जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध बलात्कारको जारी मुद्दाको पेसी आइतबारका लागि तोकिएको हो ।

    अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई प्राथमिकतामा राखिएको छ ।

    सन्दीपको मुद्दाको फैसाला गरेका न्यायधिस केशवप्रसाद घिमिरेको इजलासमा गत बुधबार सुनुवाइ हुने तय भएपछि उनका कानुन व्यावसायीको अनुरोधमा रोकिएको थियो ।
    पुनः सुनवाइका लागि पेशी तोकिएको भए पनि समयसीमा अभावका कारण गत बिहिबार सुनवाइ हुन सकेको थिएन ।

    सर्वोच्च अदालतले सो मुद्दाको चाँडो किनारा लगाउनका लागि निर्देशन दिए अनुसार आजै फैसाला आउन सक्ने सम्भावना रहेको छ ।

    एक किशोरी माथी बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    सो आदेशसँगै लामिछाने पुर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा उनलाई छाडेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images