काठमाडौं- कपिलवस्तुको तिलौराकोटदेखि गौतमबुद्धजन्मस्थल लुम्बिनीसम्म भएको अन्तराष्ट्रिय पिस म्याराथन २०२३ को उपाधि नेपाली सेनाका खगेन्द्र भाटले जितेका छन्।
बिहीबार प्रदेश खेलकुद परिषद्, लुम्बिनी र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा भएको म्याराथनमा तिलौराकोटदेखि लुम्बिनीसम्मको दूरी २ घण्टा ४० मिनेट ५७ सेकेण्डमा पार गर्दै सेनाका खगेन्द्र प्रथम भएका हुन्।
म्याराथनमा दोस्रो भएका नेपाल प्रहरीका करण खड्काले २ घण्टा ४२ मिनेट १ सेकेण्डमा दूरी पार गरेका थिए।
२ घण्टा ४४ मिनेट २५ सेकेण्ड दौडेर श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भए। म्याराथनमा प्रथमले १ लाख, द्वितीय ले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशी प्राप्त गरे।
बिहान सवा ८ बजे सुरु भएको म्याराथन लुम्बिनीको शान्ति दीप रहेका गेट अगाडि पूरा भएको थियो।
प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको लुम्बिनी प्रदेश खेलकुद परिषदले जनाएको छ ।


विश्व खबर 


















