images
images
  • मधेस सरकारबाट बाहिरियो एमाले, राज्यमन्त्री सहित ४ मन्त्रीले दिए राजीनामा

    जनकपुरधाम- मधेस सरकारबाट नेकपा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् ।

    भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून–न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी, महिला–बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलम साथै गृह तथा संचार राज्यमन्त्री केशव रायले मुख्यममन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा दिएका हुन् ।

    मधेसमा २३ सांसदसहित सबैभन्दा ठूलो दल बनेको एमाले सरकारबाट बाहिरिएसँगै अब प्रतिपक्ष बनेको छ ।

    केन्द्रमा सत्ता समीकरण फेरिएपछि काम गर्न असहज भएकाले राजीनामा दिएको गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंहले जानकारी दिए ।

    २७ पुसमा एमालेले समर्थन दिएपछि जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    पुस २९ गते मुख्यमन्त्रीसँगै एमालेका संसदीय दलका नेता सरोज यादव मन्त्रीको सपथ लिएका थिए । एमालेबाट अन्य तीन मन्त्री र राज्यमन्त्रीले भने माघ २० गते सरकारमा सहभागी भएका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images